IMG-20240407-WA0002 22

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

OM Sai Pathibhara Hospital

भेटघाटले मन प्रफुल्ल रहला। सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ। सुखदु:ख बराबरी रहनेछ। प्राविधिक कामबाट सफलता मिल्नेछ। वैदेशिक कार्य अघि बढ्ला।


बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

नयाँ कार्यको योजना बन्नेछ। धर्मकर्ममा मन लाग्नेछ। कतै घुम्न जाने योजना बन्न सक्छ। शुभकार्यको चर्चा चल्ने र आस्था बढ्नेछ। विपरीत वर्गबाट विशेष सहयोग मिल्नेछ। पुनर्मिलनको योग छ।


मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

सानातिना समस्यामा अल्झनुपर्नेछ। मनमा चञ्चलता बढ्नेछ। स्वास्थ्यमा खर्च बढ्ला। सामाजिक र पारिवारिक सम्बन्धमा चिसोपन देखिन सक्छ। सेयर बजार तथा व्यापार व्यवसायमा नोक्सानी बेहोर्नु पर्ला।


कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

स्थान परिवर्तनका विशेष योग देखिन्छन्। मिष्ठान्न भोजनको अवसर मिल्नेछ। रोकिएको काम दोहोर्‍याएर प्रयत्न गर्दा सफल भइनेछ। पुँजी बजारबाट लाभ हुनेछ। कृषि क्षेत्रका काममा मन जानेछ। प्रेम सम्बन्धबारे परिवारमा विवाद हुनेछ ।


सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। प्रतियोगितात्मक क्रियाकलापबाट लाभ मिल्नेछ। सेयर बजारमा रुचि बढ्नेछ। व्यापारबाट सोचेजस्तै लाभ हुनेछ। स्वास्थ्यप्रति भने सजग रहनु पर्छ।


कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

कुनै समाचारले मनमा खुसियाली छाउला। श्रमको उचित मूल्याङ्कन हुनेछ। धार्मिक एवं सामाजिक महत्त्वको क्षेत्रमा भ्रमण हुनेछ। न्यायिक कार्यमा सफलता मिल्नेछ।


तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

आफूलाई अनुशासित र संयम बनाउनु पर्छ। अनावश्यक ठाउँमा धन खर्च होला। सानातिना समस्यामा अल्झनुपर्नेछ। स्वास्थ्यमा समस्या आउन सक्छ। सुन्दरतामा धन खर्च हुनेछ। वैदेशिक कार्य अघि बढ्नेछ।

 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

नयाँ कामको चर्चा चल्नेछ। नयाँ रोजगारीको अवसर जुर्नेछ। रमाइलो यात्रा होला। धार्मिक तथा समाजसेवामा मन लाग्नेछ। विनाप्रतिस्पर्धा महत्त्वपूर्ण काम हात लाग्नेछ। विशिष्ट व्यक्तिबाट सहयोग पाइनेछ।


धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

हित हुने काममा समय व्यतीत हुनेछ। बन्धुबान्धवबाट विशेष सहयोग मिल्नेछ। प्राविधिक काममा सफलता मिल्नेछ। साथीभाइबाट सहयोग प्राप्त हुनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखार ल्याउनेछ। शुभकार्यको चर्चा चल्नेछ।

 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

धार्मिक कार्यमा रुचि बढ्नेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। धन हात पार्न पनि सक्छ। नयाँ सवारी साधन प्राप्तिको योग छ। खानपान र स्वास्थ्यप्रति सजग रहन आवश्यक छ।

 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

साथीभाइबाट धोका हुन सक्छ। प्रेमीको भाषा परिवर्तनले मनमा दुबिधा उत्पन्न हुन सक्नेछ। धन खर्च हुँदा मानसिक चिन्ता बढ्नेछ। वैदेशिक काम भने सफल रहनेछ। आत्मबल बढ्नेछ।

 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

हिम्मत बढ्नेछ। धार्मिक तथा समाजसेवामा मन लाग्नेछ। सुवर्ण अवसर आउनाले मन प्रसन्न रहनेछ। परिवारमा रमाइलो भेटघाट र जमघट हुनेछ। बन्धुबान्धवबाट सहयोग मिल्नेछ। प्रेम जीवन सुखद रहनेछ।