काठमाडौं- पाँच दिनअघि बढेको अन्डाको भाउ शुक्रबारदेखि लागु हुने गरी फेरि बढाइएको छ ।
नेपाल लेयर्स कुखुरापालक संघले शुक्रबारदेखि लागु हुने गरी अन्डाको मूल्य बढाउने निणर्य गरेको हो ।

संघको आज बसेको बैठकले चितवनलाई आधार मानेर अन्डाको समर्थन मूल्य तोकेको छ ।
मुल्य बढेसँगै अब मध्यम अन्डाको मूल्य प्रतिक्रेट ४ सय ३५, ठूलो अन्डा प्रतिक्रेट ५ सय १० र एक्सएल अन्डा प्रतिक्रेट ५ सय २५ रुपैयाँ तय भएको छ ।
यसअघि ८ भदौमा एक्सएल अन्डाको मूल्य प्रतिक्रेट पाँच रुपैयाँ, ठूलो र मध्यमको १० रुपैयाँले बढाएर एक्सएल अन्डा प्रतिक्रेट ५ सय ५ तय गरेको थियो ।
यस्तै ठूलो अन्डा ४ सय ९५ रुपैयाँ र मध्यम अन्डाको मूल्य ४ सय २५ रुपैयाँ तोकिएको थियो ।