काठमाडौं–नेपाली बजारमा आज सुनको मूल्य हालसम्मकै उच्च पुगेको छ ।

हिजोको तुलनामा आज छापावाला सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढेर १ लाख ५३ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

OM Sai Pathibhara Hospital

यसअघि हिजो सुनको मूल्य प्रतितोला १ लाख ५३ हजार १ सय रुपैयाँ पुगेको थियो । तर‚ आज फेरि उक्त रेकर्ड तोडिएको हो । अर्कोतर्फ‚ आज चाँदीको मूल्य भने घटेको छ । चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले घटेर १ हजार ८३० रुपैयाँमा कारोबार हुँदैछ ।