काठमाडौं–बुधबारको तुलनामा आज अमेरिकी डलरको मूल्य वृद्धि भएको छ भने युरोको मूल्यमा गिरावट आएको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आज अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ ३ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६३ पैसा पुगेको छ‚ जुन हिजोको तुलनामा उच्च हो । हिजो अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ९९ पैसा र बिक्रीदर १३४ रुपैयाँ ५९ पैसा थियो।

त्यस्तै‚ युरोको मूल्यमा गिरावट देखिएको छ। आज युरो एकको खरिददर १४९ रुपैयाँ १२ पैसा र बिक्रीदर १४९ रुपैयाँ ७८ पैसा रहेको छ‚ जुन हिजोको तुलनामा कम हो। हिजो युरो एकको खरिददर १४९ रुपैयाँ ६६ पैसा र बिक्रीदर १५० रुपैयाँ ३३ पैसा थियो।
अन्य विदेशी मुद्राहरूमा पनि केही उतारचढाव देखिएको छ। पाउण्ड स्टर्लिङ‚ अस्ट्रेलियन डलर‚ सिङ्गापुर डलर‚ जापानी येन‚ चिनियाँ युआन लगायतका मुद्राहरूको विनिमय दरमा पनि परिवर्तन आएको छ। भारतीय १०० सय रुपैयाँको खरिददर १६० रहेको छ भने बिक्रीदर १६०.१५ रुपैयाँ कायम गरिएको छ ।
राष्ट्र बैंकले तय गरेको विनिमय दर र खुला बजारमा हुने विनिमय दरमा फरक हुन सक्नेछ।