काठमाडौं–नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन तोलामा १ लाख ५३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

यसअघि भदौ ५ गते सुनको मूल्य १ लाख ५३ हजार रुपैयाँ पुगेको थियो । अघिल्लो दिनको मूल्यसँग तुलना गर्दा बुधबार सुनको मूल्यमा ८ सय रुपैयाँले बढेको हो । मंगलबार १ लाख ५२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । 

OM Sai Pathibhara Hospital

आज चाँदीको मूल्य पनि बढेको छ । हिजो १८५० रुपैयाँ रहेको चाँदी पाँच रुपैयाँ बढेर १८५५ रुपैयाँमा कारोबार भइरहेको छ ।