काठमाडौं–नेपाल विद्युत् प्राधिकरणले आठ वर्षपछि लोडसेडिङको समस्या पार गर्दै महिनामा रु ४ अर्ब १९ करोड बराबरको बिजुली बिक्री गर्न थालेको छ । हाल प्राधिकरणसँग लगभग ३३०० मेगावाट बिजुली उपलब्ध छ‚ जसमा १९२९ मेगावाट भित्र खपत भइरहेको छ र २६३३ मेगावाटको माग छ ।

साँझ र बिहान बिजुलीको माग बढ्ने हुँदा रातको समयमा भारतलाई निर्यात गरेर आम्दानी गरिएको छ। दैनिक हिसाब अनुसार साउन महिनामा मात्र रु १३ करोड ११ लाख बराबरको बिजुली निर्यात भएको छ। प्राधिकरणका कार्यकारी निर्देशक घिसिङका अनुसार आठ वर्षअघिसम्म वर्षायाममा दैनिक ८/९ घण्टा र सुक्खायाममा १८ घण्टासम्मको लोडसेडिङ बेहेर्नुपर्ने अवस्थाको अन्त्य भई हाल वर्षायाममा देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् दैनिक निर्यात हुन्छ ।
भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँमा हुने गरेको छ ।यसमा भारतीय रुपैयाँमा दुई अर्ब ६२ करोड १२ लाख आम्दानी भएको छ। भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँमा हुने गरेको छ ।
प्राधिकरणले चालु वर्षमा आन्तरिक खपतपछि अतिरिक्त बिजुली भारत र बङ्गलादेशलाई निर्यात गरिरहेको छ। हाल प्रतिदिन ७०० मेगावाटभन्दा बढी बिजुली निर्यात भइरहेको छ। गत आवमा भारतबाट रु १६ अर्ब ९३ करोडको बिजुली आयात गरिएको र रु १७ अर्ब ६ करोडको बिजुली निर्यात गरिएको थियो।
प्राधिकरणले २०७९ जेठ २० गतेदेखि विद्युत् निर्यात सुरु गरेको हो र दीर्घकालीन विद्युत् सम्झौताअनुसार १० हजार मेगावाट बिजुली निर्यात गर्ने लक्ष्य राखिएको छ।