काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले युवा उद्यमीहरूलाई आर्थिक रूपमा सशक्त बनाउन सरकारले बिना धितो २५ लाख रुपैयाँसम्मको स्टार्टअप कर्जा उपलब्ध गराउने भन्दै प्रस्ताव पेश गर्न अनुरोध गरेका छन् । 

सामाजिक सञ्जालमार्फत जानकारी गराउँदै ओलीले यस कार्यक्रम अन्तर्गत हालसम्म १६५ जना युवा उद्यमीहरूले यो सुविधा प्राप्त गरिसकेको जानकारी गराए ।

OM Sai Pathibhara Hospital

उनले थप ५०० देखि ६०० जनालाई यो कर्जा प्रदान गर्ने तयारी भइरहेको जानकारी दिएका छन् । सरकारले यस कार्यक्रमलाई पारदर्शी रूपमा सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ । ओलीले युवाहरूलाई आफ्नो सिर्जनशीलता र उद्यमशीलतालाई प्रोत्साहित गर्न यो कर्जा सुविधा निकै महत्वपूर्ण हुने तर्क गरेका छन् ।

प्रधानमन्त्री ओलीले नव उद्यमीहरूलाई यस अवसरको फाइदा लिन आग्रह गर्दै कर्जा पाएर व्यवसाय सुरु गर्नेहरूको प्रमोसन गर्न आफैं सामाजिक सञ्जालमा सक्रिय हुने प्रतिवद्धता पनि जनाएका छन् । यसबारे थप जानकारीका लागि www.iedi.org.np मा जान सकिनेछ।


Startup