काठमाडौं–आज अमेरिकी डलर‚ युरो‚ र पाउण्ड स्ट्रलिङलगायतका विदेशी मुद्राहरूको भाउमा वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार मङ्गलबारको तुलनामा बुधबार ती मुद्राहरूको मूल्य बढेको हो।
आज अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ९९ पैसा र बिक्रीदर १३४ रुपैयाँ ९९ पैसा कायम भएको छ‚ जबकि मङ्गलबार यो क्रमशः १३३ रुपैयाँ ९५ पैसा र १३४ रुपैयाँ ५५ पैसा थियो।

युरोको खरिददर १४९ रुपैयाँ ६६ पैसा र बिक्रीदर १५० रुपैयाँ ३३ पैसा पुगेको छ‚ भने बेलायतको पाउण्ड स्ट्रलिङको खरिददर १७७ रुपैयाँ १७ पैसा र बिक्रीदर १७७ रुपैयाँ ९६ पैसा कायम भएको छ।
अन्य विदेशी मुद्राहरू जस्तै स्वीस फ्रयाङ्क‚ अष्ट्रेलियन डलर‚ क्यानेडियन डलर‚ सिङ्गापुर डलर‚ जापानी येन‚ चिनियाँ युआन‚ साउदी रियाल‚ कतारी रियाल‚ थाइ भाट‚ यूएई दिराम‚ मलेसियन रिङ्गेट‚ कोरियन वन‚ स्वीडिस क्रोनर‚ डेनिस क्रोनर‚ हङकङ डलर‚ कुवेती दिनार‚ र बहराइन दिनारको मूल्य पनि वृद्धि भएको छ।
नेपाल राष्ट्र बैंकले खुला बजारमा भने मूल्य फरक पर्न सक्ने जनाएको छ।