इलाम- इलाममा डेंगुको संक्रमणबाट आज एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा रोङ गाउँपालिका-१ का ३६ वर्षीय नारायण ढकाल रहेका छन् । 

उनको उपचारका क्रममा विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको मृतकका भाइ नरेन्द्र ढकालले जानकारी दिए । 

OM Sai Pathibhara Hospital

ढकाललाई अत्यधिक ज्वरो आएपछि बिर्तामोडस्थित मनमोहन अस्पताल भर्ना गरिएको थियो । 

त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि नोबेल शिक्षण अस्पताल पुर्‍यायाइएको थियो । 

रगतमा प्लेटलेटको संख्या ह्वात्तै घटेपछि ढकालको स्वास्थ्यमा जटिलता आइ मृत्यु भएको चिकित्सकको भनाई छ । 

वर्खायाम लागेसँगै देशभर डेंगु संक्रमितको संख्या बढ्दै गएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार हाल देशभरका ७५ वटा जिल्लामा डेंगुको संक्रमण फैलिएको छ ।