काठमाडौं- स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालको स्वास्थ्य क्षेत्रमा धेरै समस्या रहेको बताएका छन् ।  

काठमाडौंमा आज परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको ६५ औ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले समस्याको पहिचान गरेर समाधान गर्ने काममा आफू लागेको बताए । 

OM Sai Pathibhara Hospital

मन्त्री पौडेलले अस्पतालहरु मध्येमा प्रसुती तथा स्त्रीरोग अस्पतालको स्वास्थ्य सेवा प्रशंसायोग्य रहेको जिकिर गरे । अहिलेको साधन श्रोतभित्र रहेर अस्पतालले गरेका कामहरु राम्रो रहेको उनको भनाई छ । 

‘तुलनात्मक रुपमा यो अस्पताल अलि अगाडि छ, यसले पूणर्ता पाउन जरुरी छ । अहिलेको साधन श्रोतभित्र यो खालको उपलब्धि जुन भएको छ, यसैमा सन्तुष्टि लिने स्थिति छैन, उनले भने, ‘साधनश्रोत बढाउने स्थिति छैन, जनशक्ति बढाउने स्थिति छैन । उपलब्ध साधनश्रोत र जनशक्तिभित्रबाट हामीले प्रभावकारिता बढाउन जरुरी छ ।’ 

स्वास्थ्यमन्त्री पौडेलले जनशक्ति उत्पादनको दायरा नीतिगत पक्षबाट फराकिलो बनाउन कोशिस गरिरहेको बताए ।