काठमाडौं–नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ सय रुपैयाँले घटेर १ लाख ५२ हजार ३०० रुपैयाँ कायम भएको छ ।

आइतबार यो मूल्य १ लाख ५२ हजार ४०० रुपैयाँ थियो । यस्तै‚ चाँदीको मूल्य पनि आज तोलामा १० रुपैयाँले घटेर १ हजार ८४० रुपैयाँमा आएको छ । आइतबार चाँदीको मूल्य १ हजार ८५० रुपैयाँ थियो ।