काठमाडौं । निर्माता अर्जुन कुमारको लगानीमा निर्माण भएको फिल्म ‘सानो संसार’को प्रदर्शन मिति हेरफेर गरिएको छ । यसअघि असोज १७ गते घटस्थापनामा रिलिज हुने तयारीमा रहेको फिल्म अब एक हप्ता अगाडी असोज ११ गते प्रदर्शनमा आउने भएको छ ।

निर्माता अर्जुन कुमारले सामाजिक सञ्जाल फेसबुकमा एक पोस्टर सेयर गर्दै लेखेका छन्, ‘हाम्रो सिनेमा ‘सानो संसार’ अब एक हप्ता अगाडी असोज ११ गते अर्थात् सेप्टेम्बर २७ बाट रिलिज हुने जानकारी गराउँदछु । अगामी दिनमा यहाँहरु सवैको सहयोगको अपेक्षा गर्दछौं ।’

OM Sai Pathibhara Hospital

पारिवारिक कथावस्तुमा निर्माण भएको फिल्ममा हास्य कलाकार केदार घिमिरे ‘माग्नेबुढा’की श्रीमती सीतादेवी तिमल्सेनाको मुख्य भुमिका रहेको छ । फिल्ममा सीताका अलवा राज पंगेनी शर्मा, अनु दाहाल, अन्जसा रिजाल शिशिर सिवाकोटीको अभिनय छ । यी सबै कलाकारले नेपाली रजतपटमा डेव्यु गर्दैछन् ।

राजधानी मिडिया एड प्रोडक्सन र प्रिन्सेस मूभिजको व्यानरमा फिल्म निर्माण भएको छ । फिल्मका कार्यकारी निर्माता माधव वाग्ले रहेका छन् । अर्जुनकुमारको राजधानी मिडिया र प्रिन्सेस मूभिजले यो फिल्मलाई संयुक्तरुपमा प्रदर्शन गर्नेछन् ।  

फिल्ममा सिद्धार्थ पुडासैनीको निर्देशन छ । यही फिल्मबाट उनले लेखन तथा निर्देशनमा डेव्यु गर्दैछन् । उनलाई फिल्मको कथा लेखनमा सरिष्मा पुडासैनीले सघाएकी छन् । फिल्मको डिजिटल पाटर्नर म्युजिक नेपाल र क्रिएटिभ पाटर्नर टुनामुना कन्सेप्ट रहेको छ ।