काठमाडौं–नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज ७९.८८ अङ्कको गिरावट आएको छ, जसले गर्दा परिसूचक २८९४.५७ विन्दुमा झरेको छ । आज तीन सय ३३ कम्पनीका ४ करोड २६ लाखभन्दा बढी कित्ता शेयर दुई लाख १८ हजार पटकभन्दा बढी खरिदबिक्री हुँदा कुल कारोबार रकम रु १९ अर्ब ७४ करोड पुगेको छ । 

लघुवित्त समूह १.०८ प्रतिशतले बढे पनि अन्य सबै समूहको उपसूचक घटेको छ । लगानी समूहमा सबैभन्दा ठूलो ३.८३ प्रतिशतको गिरावट आएको छ, जबकि बैङ्किङ, वित्त, विकास बैङ्क, होटल तथा पर्यटन, जलविद्युत्, बीमा, उत्पादन तथा प्रशोधन, म्युचुअल फन्ड, र व्यापार समूहमा पनि गिरावट आएको छ । 

OM Sai Pathibhara Hospital

सबैभन्दा धेरै बढ्नेमा विन नेपाल, उपकार, र आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य सकारात्मक सर्किट लागेको छ । मन्दाकिनी हाइड्रोपावरको शेयर मूल्य १०.२५ प्रतिशतले घट्दा, अपी पावर लिमिटेडको सबैभन्दा धेरै रु ८४ करोड ६८ लाख बराबरको २२ लाख ७८ हजार कित्ता शेयर कारोबार भएको छ ।