काठमाडौं–साताको पहिलो दिन स्थानीय बजारमा सुनको मूल्यमा तीन अंकको वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आज छापावाला सुनको मूल्य तोलामा रु १,००० ले बढेर रु १,५२,४०० निर्धारण भएको छ । यसअघि शुक्रबार यो मूल्य रु १,५१,४०० मा कारोबार भएको थियो ।

OM Sai Pathibhara Hospital

त्यस्तै, चाँदीको मूल्य पनि तोलामा रु ३५ ले वृद्धि भएको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला रु १,८१५ थियो, जुन आजको लागि रु १,८५० निर्धारण गरिएको छ ।