काठमाडौं–नेपाली महिलाहरूको महान् पर्व तीज नजिकिँदै गर्दा चर्चामा रहने गायिका विष्णु माझीले यस वर्ष आफ्नो नयाँ तीज गीत शनिबार ल्याइन् । माझीको गीत नआएसम्म तीज नलागेको भन्नेहरू पनि छन् ।

गायिका माझीको नयाँ गीत ‘आइनँ आमा यो तीजमा’ ले युट्युबमा एक दिनमा सबैभन्दा धेरै हेरिएका नेपाली गीतको रेकर्ड बनाएको छ । ‘आइनँ आमा यो तीजमा’ लाई २४ घण्टामा १४ लाख ५२ हजारभन्दा बढीपटक हेरिएको छ, जुन अहिलेसम्मको सर्वाधिक हो ।

OM Sai Pathibhara Hospital

गीत युट्युबमा मात्रै नभएर टिकटक र रिल्समा पनि भाइरल छ । १७ मिनेट लामो गीतमा शब्द, संगीत र निर्देशन विष्णु माझीका श्रीमान सुन्दरमणि अधिकारीको छ । यो समाचार तयार पार्दासम्म गीतले १६ लाख भन्दा धेरै भ्युज प्राप्त गरेको छ भने एक लाख २५ हजारले लाइक गरेका छन् ।