भैरहवा- रुपन्देहीको भैरहवा-लुम्बिनी सडक खण्डको रमवापुरबाट भन्सार छली ल्याएको समान बरामद भएको छ । 

भैरहवा भन्सार कार्यालयले आज भन्सार छली गरिएको ९ लाख रुपैयाँभन्दा बढी मूल्यका चिनी, कपडा र एउटा ट्रक नियन्त्रणमा लिएको हो । 

OM Sai Pathibhara Hospital

चिनी लोड गरेर ढुवानीका लागि तयारी अवस्थामा राखिएको ग २ ख १२९० नम्बरको ट्रकलाई भन्सार टोलीले नियन्त्रणमा लिएको भैरहवा भन्सार कार्यालयका प्रमुख नारद गौतमले जानकारी दिए । 

गोप्य सूचनाका आधारमा भन्सार छली गरिएको चिनी नियन्त्रणमा लिन गएका बेलामा दुईवटा मोटरसाइकलबाट भन्सार छली गरिएका कपडा पनि ओसारेको देखेपछि ती पनि नियन्त्रणमा लिएको थियो । 

ट्रकलाई नियन्त्रणमा लिने क्रममा ट्रक चालक गाडीको चाबी लिएर फरार भएका छन् । दुईवटा मोटरसाइकल पनि भन्सार टोलीले पछ्याएको देखेपछि कपडा छाडेर भागेका थिए ।