काठमाडाैं । लक्षरा फिल्म्सको प्रस्तुतिमा तयार भएको प्रेरणादायक म्युजिक भिडियो ‘राधा पियारी’ सार्वजनिक भएको छ। गीत शुक्रबार ओ।एस।आर डिजिटल युटउब च्यानबाट सार्वजनिक गरिएको हो।

पल शाह र मलिका महतको प्रभावशाली अभिनयले सजिएको यो भिडियो सन्देशमुलक छ। भिडियो केही सस्पेन्स छ तर आकर्षक बनेको छ। नाम ‘राधा पियारी’ भएपनि गीतको भिडियोले सहकारी पीडितहरुको कथा बोल्छ जुन अहिलेको समसामयिक विषय पनि हो। गीत डान्सिङ बिटको छ तर भिडियोले मनोरञ्जन संगसंगै पीडितहरुको आवाज उठाएको छ। देशभर छरिएर बसेका तमाम सहकारी पीडितलाई न्याय दिलाउन पहल गर्ने विषय नै ‘राधा पियारी’ को मुल सार हो।  

OM Sai Pathibhara Hospital

भिडियोमा पल र मलिका पुलिसको भुमिकामा छन । सहकारीको नाममा सोझा(साझा जनतालाई ठगिरहेको व्यक्तिलाई यी दुईले कसरी सस्पेन्स तरिकाले पक्राउ गर्छन भन्ने कुरालाई भिडियोले रमाईलो तरिकाले प्रस्तुति गरेको छ। 

गायिका शान्तिश्री परियार र गायक कृष्ण बिकेको स्वर रहेको यो गीतमा कृष्ण बि।के स्वयंले शब्द र संगीत भरेका छन। सार्वजनिक भिडियोमा जिबि अग्रको निर्देशन रहेको छ। 

नरेश बिबिसिको मिक्सिङ तथा मास्टरिङ रहेको गीतलाई सन्जय विश्वकर्माले कोरियोग्राफी गरेका छन। भिडियोमा अर्जुन तिवारीको सिनेमाटोग्राफी र सुपृम पराजुलीको सम्पादन रहेको छ।