काठमाडौं । यही भदौ १४ गतेदेखि रिलिज हुने फिल्म ‘वर एन्ड वधु’को तेस्रो गीत ‘सिरी सिरी’ सार्वजनिक भएको छ । सुगम पोखरेल र नेहा करोदेको स्वर रहेको गीतमा नरेश भट्टराईको शब्द तथा युग भुसालको संगीत छ । रोमानियामा खिचिएको गीतमा फिल्मका प्रमुख पात्र आँचल शर्मा र नवनायक विवेक कर्माचार्य फिचर्ड छन् । 

मिलन चाम्सको निर्देशनमा तयार भएको फिल्ममा आँचल र विवेकसँगै विजय लामा, किरण केसी, सरिता लामिछाने, अन्सु महर्जन, दिनेश काफ्ले, सृष्टि खड्का, हिउँवाला गौतम, गरिमा शर्मा, रविन्द्र खड्का, कुसुम शर्मा, विजु पार्की, हिमेश पन्त लगायतको पनि अभिनय छ । 

OM Sai Pathibhara Hospital

फिल्ममा जानुका थापा निर्माता र डा. अमित रिजाल कार्यकारी निर्मातामा छन् । एलआरके प्रोडक्शनको ब्यानरमा बनेको फिल्ममा सुदिप बरालको छायांकन तथा प्रदीप भारद्वाजको लेखन छ ।