मुम्बई(एजेन्सी) । अभिनेता शाहरुख खान र अभिनेत्री मनीषा कोइरालाको आइकोनिक फिल्म ‘दिल से’लाई मणिरत्नमले निर्देशन गरेका थिए । यो फिल्म रिलिजको २६ वर्ष पुरा भएको छ । फिल्ममा शाहरुख र मनीषाको क्यामेष्ट्रीलाई दर्शकले निकै मनपराएका थिए । 

‘दिल से’ पछि शाहरुख र मनीषाले फिल्म ‘गुड्डु’मा अभिनय गरे पनि यो फिल्मप्रति दर्शकको चासो थिएन । हालैमात्र मनीषाले शाहरुखसँग सहकार्य नहुनुको कारणबारे खुलाएकी छन् । ‘यो उद्योगमा हिरोले कुन हिरोइनसँग काम गर्ने वा नगर्ने भन्ने तय गर्छन्,’ मनीषाले भनेकी छन् ।

OM Sai Pathibhara Hospital

एक राम्रो फिल्म भएर पनि फिल्म ‘दिल से’ले पहिलोपटक बक्सअफिसमा राम्रो पकड जमाउन सकेन । मणिरत्नमले यसको प्रमुख कारण आफ्नो हिन्दी स्किललाई जिम्मेवार ठाने । किनकी उनको हिन्दी राम्रो थिएन र दृश्यलाई राम्रो बनाउनका लागि उनले कलाकारप्रति भरोषा गर्नुपर्यो ।