काठमाडौं । अभिनेता विपिन कार्कीलाई मातृशोक परेको छ । उनकी आमा सरस्वती कार्कीको ७२ वर्षको उमेरमा बिहीबार बिहान ललितपुरको पाटन अस्पतालमा निधन भएको हो । उनी लामो समयदेखि अस्वस्थ थिइन् ।

परिवारका अनुसार उनी भेन्टिलेटरमा उपचाररत थिइन् । उनको अन्तिम संस्कार आजै बिहान १० बजे पशुपति आर्यघाटमा गरिनेछ ।