मुम्बई(एजेन्सी) । अन्ततः पूर्व भारतीय क्रिकेटर युवराज सिंहको जीवनमा आधारित रहेर बायोपिक फिल्मको घोषणा गरिएको छ । एक यस्ता क्रिकेटर, जो सन् २०११ को विश्वकपको समयमा क्यान्सरसँग लड्दै विश्वकप खेले र भारतलाई विश्व च्याम्पियन बनाए । क्यान्सर जस्तो रोगलाई मात दिएर क्रिकेटको मैदानमा फर्किइसकेका युवराजको कथा अब फिल्मको रुपमा ठूलो पर्दामा आउने तयारी भएको हो ।

युवराजको बायोपिक टी–सिरिजको ब्यानरमा निर्माण हुँदैछ । भुषण कुमार र रवि भगचान्द यो बायोपिक निर्माण गर्दैछन् । 

OM Sai Pathibhara Hospital

युवराजलाई भारतीय क्रिकेटमा उनको महत्वपूर्ण योगदानका लागि चिनिन्छ । जसमा सन् २००७ को आइसीसी टी–२० विश्वकप र सन् २०११ को आइसीसी क्रिकेट विश्वकपमा भारतको जितमा उनको भूमिका महत्वपूर्ण थियो । असाधारण प्रदर्शनबाट चित्रित उनको क्रिकेट करियर उनको कथाको केवल एक हिस्सा मात्र हो ।

बायोपिकमा क्यान्सरविरुद्ध युवराजको लडाईंलाई पनि देखाइनेछ । जसले जीवनको सबैभन्दा कठिन चुनौतीहरु पार गर्नका लागि दृढ संकल्प लिएका थिए ।

‘युवराज सिंहको जीवन दृढता, विजय र जोशको एक कथा हो । एक होनहार क्रिकेटरदेखि लिएर क्रिकेटका नायक र फेरि वास्तविक जीवनमा नायक बन्नेसम्को यात्रा निकै प्रेरणादायक छ । म यस्तो एक कथा दर्शकमाझ ल्याउन रोमाञ्चित छु’, भुषण कुमारले भनेका छन् ।

युवराजले आफ्नो बायोपिक बन्नु आफ्ना लागि सम्मानको कुरा भएको बताएका छन् । ‘म निकै सम्मानित महशुस गरिरहेको छु कि मेरो कथा भुषणजी र रविले विश्वका मेरा लाखौं प्रशंसकलाई देखाउनेछन् । क्रिकेट मेरा लागि सबैभन्दा ठूलो प्रेम र सबै उतारचढावको दौरान मेरो शक्तिको स्रोत हो’, उनले भनेका छन् ।

फिल्मको सहनिर्माण रवि भागचन्दले गरिरहेका छन्, जसले ‘सचिनः ए बिलियन ड्रिम्स’ र ‘सितारे जमिन पर’ बनाए ।