काठमाडौंँ । लोकप्रिय गायक धिरज राईले काठमाडौंँका दर्शक नचाउँने भएका छन् । आगामी शनिबार (भदौ ८ गते) आयोजना हुने ‘धिरज राई लाइभ वीथ जात्रा ब्याण्ड’ कार्यक्रममा उनले ‘लुकी लुकी’, ‘साई ढोले सोई’ लगायत आफ्ना आधा दर्जनबढी लोकप्रिय गीतसंगीत प्रस्तुत गर्नेछन् ।

मोडलिङ संघ नेपाल र रसलाइट मिडियाको संयुक्त आयोजनामा आलिसान लन्च एण्ड क्लबमा हात्तिसारमा आयोजना हुने कार्यक्रममा गायिका तथा मोडल रमिता भण्डारीको समेत विषेश प्रस्तुति रहनेछ । कार्यक्रम होष्टको रुपमा एनी कुवँर रहेकी छन् । कार्यक्रममा जात्रा ब्याण्डको समेत विशेष प्रस्तुति रहनेछ ।

OM Sai Pathibhara Hospital

कार्यक्रम मार्फत राजधानीका दर्शकसँग जोडीन नपाएको धेरै भएकोले पनि आफु कार्यक्रम देखिन लागेको गायक राइले बताए ।

कार्यक्रममा सुशिल नेपाल, चेतन सापकोटा, भ्वाई अफ नेपालका निर्देशक लक्ष्मण पौडेल लगायतको पनि सहभागीता रहनेछ । 

गायक धिरज राईको कार्यक्रमले काठमाडाँैका  दर्शकलाई खुसी दिने बिश्वास आफुले लिएको आयोजक नेपाल मोडलिङ संघका प्रवत्ता प्रवेश गिरीले बताए ।