काठमाडौं । जनै पुर्णिमा तथा रक्षा बन्धनको अवसर पारेर फिल्म ‘ह्रस्व दीर्घ’को नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ । यसअघि असोज ३ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्मको प्राविधिक काम नसकिने भएपछि रिलिज सार्दै कार्तिक ३० मा पुगेको हो ।

अभिनेत्री नीता ढुंगानाको निर्माण भएको फिल्म कार्तिक ३० बाट नेपालभरका फिल्म हलमा रिलिज हुने जानकारी निर्माण कम्पनीले दिएको छ । हाल फिल्मको पोष्ट प्रोडक्सनको काम मुम्बईमा भैरहेको छ । दर्शकलाई एउटा पुर्ण रुपमा मनोरञ्जन दिने सिनेमा पस्किने उद्देश्यले प्राविधिक काममा कुनै कम्प्रमाइज नगरिएको अभिनेता हरिहर अधिकारीले बताए ।

OM Sai Pathibhara Hospital

नीता फिल्मस्को प्रस्तुतीमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता धनन्जय गलानी हुन् । फिल्ममा हरिहर अधिकारी, नीता ढुंगाना, ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा र प्रशान्त ताम्राकार, सञ्चीता लुईटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसी लगायतका कलाकारको अभिनय रहेको छ ।

अभिनेता हरिहर अधिकारीको कथा र प्रतिक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको फिल्ममा बलिउडका चर्चित सिनेमाटोग्राफर कवीरलालको छायांकन छ । फिल्ममा चन्द्र पन्तको निर्देशन छ । 

अभिनेत्री निता ढुंगानाको लगानीमा निर्माण भएको यो फिल्म नेपाली, तेलुगु र हिंन्दी गरी तीन भाषामा रिलिज हुनेछ ।