काठमाडौं । भारतले नेपालबाट थप २५१ मेगावाट विद्युत निर्यातका लागि स्वीकृत प्रदान गरेको छ ।

भारतीय केन्द्रीय विद्युत प्राधिकरणले नेपालका १२ वटा जलविद्युत परियोजनाबाट उत्पादन हुने थप २५१ मेगावाट विद्युत निर्यातका लागि स्वीकृति नेपालस्थित भारतीय दूतावासले सोमबार जानकारी दिएको छ । 

OM Sai Pathibhara Hospital

जसअनुसार नेपालले पहिलो पटक बिहारमा मध्यकालीन विद्युत बिक्री सम्झौता मार्फत विद्युत निर्यात गर्नेछ । यो स्वीकृतिसँगै कुल स्वीकृत परिमाण ९४१ मेगावाट पुग्ने दूतावासको भनाइ छ ।

सन् २०२१ अक्टोबरमा भारतले पहिलो पटक नेपालबाट भारततर्फ ३९ मेगावाट विद्युत निर्यातका लागि अनुमति दिएको थियो । तीन वर्षभन्दा कम अवधिमा यो आँकडा २४ गुणा भन्दा बढीले बढेको दूतावासले जनाएको छ । 

यसअघि गत साउन १३ गते बंगलादेशलाई ४० मेगावाट विद्युत बिक्री गर्ने सम्झौतामा हस्ताक्षर गर्ने योजना रहेपनि बंगलादेशको पछिल्लो राजनीतिक घटनाक्रमका कारण स्थगित भएको थियो ।