काठमाडौं । नेपाल विदेशी विनियम सञ्चिति २० खर्ब रुपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंकले आइतबार आर्थिक वर्ष २०८०/८१ को आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन सार्वजनिक गर्दै कुल विदेशी विनियम सञ्चिति २० खर्ब ४१ अर्ब १० करोड पुगेको जनाएको हो । यो २०८० असार मसान्तको तुलनामा ३२.६ प्रतिशतले बढी हो ।

२०८० असार मसान्तमा कुल विदेशी विनियम सञ्चिति १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ रहेको थियो ।

OM Sai Pathibhara Hospital

कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकसँग १८ खर्ब ४८ अर्ब ५५ करोड रुपैंयाँ संन्चिति छ भने बैंक तथा वित्तीय संस्थासँग १ खर्ब ९२ अर्ब ५५ करोड रहेका छन् । 

आर्थिक वर्ष २०८०/८१ को आयात आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १५.६ महिनाको वस्तु आयात र १३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ ।