काठमाण्डौ  ।  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ ।हाल गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही केही स्थानहरुमा मेघगर्जन\चट्याङ सहित हल्का देखी मध्ययम वर्षा भइरहेको छ र बांकी भु-भागहरुमा आंशिक देखी साधारणतया बदली रहेको छ।

आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन\चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

OM Sai Pathibhara Hospital

आज राती देशभर साधारणतया बदली रहने छ। बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन\चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती र गण्डकी प्रदेशका एक\दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।