काठमाडौं—  काभा महिला नेसन्स लिग च्याम्पियनशिपमा सहभागी भएका सशस्त्र प्रहरी बल (एपीएफ) क्लबका तीन जना खेलाडी सम्मानित भएका छन् ।

एपीएफले निरुता ठगुन्नालाई सिपाहीबाट विशेष बढुवा गर्दै सहायक हवल्दार बनाएको सङ्गठनले जनाएको छ । यस्तै एपीएफले निरुतासहित सरस्वती चौधरी र कविता भट्टलाई पनि नगद पुरस्कारसहित सम्मान पनि गरेको छ ।

OM Sai Pathibhara Hospital

बढुवा भएकी ठगुन्नालाई सशस्त्र प्रहरी बल नेपाल खेलकुद तथा शारिरीक सुगठन शिक्षालयका समादेशक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक रमेश कुमार पाण्डेले बुधबार दर्ज्यानी चिन्ह प्रदान गरे ।FB_IMG_1723689288156

निरुता पाँच वर्षअघि सशस्त्रमा आबद्ध भएकी थिइन् । सशस्त्रका महानिरीक्षक राजु अर्यालले तीन जना खेलाडीलाई पुरस्कारसहित सम्मान गरेका हुन् । 

गएको हप्ता भएको फाइनलमा नेपाली टोली भारतसँग ३–२ को सेटमा पराजित हुँदै प्रतियोगितामा उपविजेता भएको थियो ।