कैलाली— सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बुधबार  प्रदेश सभाबाट विश्वासको मत लिँदैछन् । 

तत्कालीन मुख्यमन्त्री दीर्घबहादुर सोडारीले राजीनामा दिएपछि साउन २० गते शाह मुख्यमन्त्रीमा नियुक्त भएका थिए । संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नियुक्त भएका मुख्यमन्त्रीले एक महिनाभित्रै प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने कानुनी प्रावधान रहेको छ । मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि दिनको ३ बजे प्रदेश सभाको बैठक बोलाइएको छ ।

OM Sai Pathibhara Hospital

कांग्रेसका शाह सत्तारुढ दल नेकपा (एमाले) र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा मुख्यमन्त्री बनेका थिए । ५३ सदस्यीय प्रदेश सभामा बहुमत पुर्‍याउन २७ जना प्रदेश सभा सदस्यको समर्थन आवश्यक पर्छ । 

तीनै दलको प्रदेश सभा सदस्य सङ्ख्या मिलाएर मुख्यमन्त्रीसँग स्पष्ट बहुमत रहेको छ । कांग्रेसका १८, एमालेका ११ र नागरिक उन्मुक्ति पार्टीका सात जना प्रदेश सभा सदस्य छन् ।