बैतडी— भीरबाट लडेर बैतडीमा एक महिलाको मृत्यु भएको छ । सिगास गाउँपालिका–३ तल्ला हल्कासैनीका खेमसिंह धामीकी श्रीमती ३८ वर्षीया भावना धामीको मृत्यु भएको हो ।

मंगलबार दिउँसो घरनजिकैको त्वापोड भन्ने भिरबाट लडेर धामीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

OM Sai Pathibhara Hospital

बाख्रा चराउन गएकी धामीको भीरबाट लडेर घटनास्थलमै मृत्यु भएको आफन्त दिपेन्द्रसिंह धामीले बताएका छन् । मृतक धामीका ३ छोरा छन् ।