काठमाडौं । यस वर्षको दशैंको अवसर पारेर आगामी असोज २४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘छक्का पञ्जा ५’ पहिलो गीत ‘बिहे भाको छैन’ सार्वजनिक भएको छ । गीतमा सविन सुवेदी र बेनिशा पौडेलको स्वर, दीपकराज गिरी र दीपक शर्माको शब्द तथा दीपक शर्मा स्वयंको संगीत छ ।

गीतमा फिल्मका प्रमुख अभिनेता दीपकराज गिरी र अभिनेत्री वर्षा शिवाकोटी फिचर्ड छन् । सुनिल क्षेत्रीको कोरियोग्राफी रहेको गीतको अन्तिममा अर्का कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ देखिएका छन् ।

OM Sai Pathibhara Hospital

दीपाश्री निरौलाको निर्देशित फिल्ममा हरि हुमागाइँको डिओपी तथा उत्तम हुमागाइँको छायांकन, दीपकराज स्वयंको पटकथा लेखन, दीपक, केदार घिमिरे र दिलीप तामाङको कथा र संवाद, रोशन श्रेष्ठको द्वन्द्व  तथा विपिन मल्लको सम्पादन छ ।