मुम्बई(एजेन्सी) । गत वर्ष ब्याक टु ब्याक तीन हिट फिल्म दिएका अभिनेता शाहरुख खानले हालसम्म नयाँ फिल्मको घोषणा गरेका छैनन् । तर उनको आगामी फिल्मबारे विभिन्न समाचार सार्वजनिक भइरहेका छन् । 

हालैमात्र शाहरुखले नयाँ फिल्म ‘किङ’को आधिकारिक रुपमा कन्फर्म गरेका छन् । हालै आयोजित ७७ औं लोकानी फिल्म फेस्टिभलको लाइभ सेसनको समयमा उनले ‘किङ’ बारे अपडेट गरेका हुन् ।

OM Sai Pathibhara Hospital

सुजाय घोषद्वारा निर्देशित ‘किङ’ एक एक्न थ्रिलर फिल्म हो, जमा शाहरुख पुनः एकपटक एक्सन अवतारमा देखिँदैछन् । ‘एक्सन गाह्रो विषय हो । यसलाई सिक्नु पर्छ र केही खतरनाक स्टन्ट डबल्स गर्नुपर्छ । मसँग केही राम्रा मान्छे छन् । तर यसलाई वास्तविक रुपमा देखाउनु पर्दा ८० प्रतिशत काम तपाईं आफैले गर्नुपर्छ । मलाई थोरै तल घटाउनु छ । थोरै स्ट्रेच गर्नुछ । ताकि एक्सनको समयमा मेरो कम्मरमा पीडा नहोस् । यो पीडादायक हुन्छ । एक्सनपछि मलाई सेटमा देख्नु दुःखको कुरा हो । किनकी फिल्ममा निकै राम्रो देखिन्छु, तर म पूर्ण रुपमा बाँधिएको छु र अचानक तपाईंहरुलाई देख्छु र फ्लाइङ किस दिन्छु’, उनले भनेका छन् ।

फिल्ममा शाहरुखसँगै उनकी छोरी सुहाना खान प्रमुख भूमिकामा देखिँदैछिन् । सुहानासँग शाहरुखको यो पहिलो फिल्म हुनेछ । यसअघि सुहानाले जोया अख्तरको पीरियड ड्रामा ‘द आर्चिज’मा अभिनय गरिसकेकी छन् । जुन फिल्म गत वर्ष नेटफ्लिक्स इण्डियामा रिलिज भएको थियो । फिल्ममा अभिषेक बच्चन र अभय वर्माको पनि अभिनय रहनेछ । 

यो फिल्म सिद्धार्थ आनन्दको व्यानर माफिर्लक्स पिक्चर्सले रेड चिलीज इन्टरटेनमेन्टको सहकार्यमा बनाइरहेको छ । फिल्ममा शाहरुख डनको भूमिकामा देखिनेछन् ।