मुम्बई(एजेन्सी) । जियो स्टुडियोज र आमिर खान प्रोडक्सनको फिल्म ‘लापता लेडिज’ भारतको सर्वोच्च अदालतमा प्रदर्शन गरिने भएको छ । किरण राव निर्देशित यो फिल्म पछिल्लो समयमा दर्शकले रुचाएको फिल्ममा पर्दछ ।

फिल्मले थिएटर र ओटीटी दुवैमा राम्रो प्रतिक्रिया पाएको छ । यो फिल्मलाई सर्वोच्च अदालतमा विशेष शो गरिँदैछ । जसमा निर्माता आमिर खान र निर्देशक किरण राव नै सहभागी हुँदैछन् ।

OM Sai Pathibhara Hospital

‘यो देखेर मलाई गर्व लागेको छ कि लापता लेडिज भारतको सर्वोच्च अदालतमा प्रदर्शन भएर इतिहास रच्दैछ । यो दुर्लभ सम्मानका लागि भारतका माननीय मुख्य न्यायाधीश डी.वाईं चन्द्रचुडप्रति आभारी छु । मलाई शुरुदेखि नै फूल र जयाको कथा दर्शकलाई मनपर्छ भन्ने आशा थियो, त्यो आशा अहिले खुशीमा परिणत भएको छ’, उनले भनेकी छन् ।

फिल्ममा आमिर र ज्योति देशपाण्डे निर्माता छन् । आमिर खान प्रोडक्सन र किण्डलिङ्ग प्रोडक्सनको व्यानरमा बनेको फिल्म विप्लव गोस्वामीको अवार्ड विजेता कथामा आधारित छ । फिल्मको पटकथा र संवाद स्नेहा देसाईले लेखेकी हुन् ।