काठमाडौं–आज सुनको मूल्यमा वृद्धि देखिएको छ । बिहीबार तोलामा १ लाख ४६ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुन नेपाली बजारमा शुक्रबार १ लाख ४८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज नेपाली बजारमा सुन १ हजार ५०० रुपैयाँले बढेको छ । त्यस्तै, तेजाबी सुन आज तोलामा १ लाख ४७ हजार ४०० रुपैयाँमा कारोबार पुगेर कारोबार हुँदैछ । हिजो १ हजार ६९० रुपैयाँमा कारोबार भएको चाँदी १ हजार ७३० रुपैयाँ पुगेको छ ।