काठमाडौं–पेरिस ओलम्पिकमा अमेरिका शीर्ष स्थानमा रहेको छ । अमेरिकाले २७ स्वर्ण, ३५ रजत, र ३२ कास्यसहित कुल ९४ पदक जित्दै सबैभन्दा बढी पदक जितेको छ । चीन, अष्ट्रेलिया, फ्रान्स, बेलायत, दक्षिण कोरिया, जापान, इटाली, नेदरल्याण्ड, र जर्मनी क्रमश: शीर्ष १० स्थानमा रहेका छन् ।

दोस्रो स्थानमा चीनले २५ स्वर्ण, २३ रजत, र १७ कास्यसहित कुल ६५ पदक जितेको छ । अष्ट्रेलियाले १८ स्वर्ण, १२ रजत, र ११ कास्यसहित ४१ पदक जित्दै तेस्रो स्थानमा स्थान बनाएको छ ।

फ्रान्स चौथो स्थानमा रहेको छ जसले १३ स्वर्ण, १७ रजत, र २१ कास्यसहित ५१ पदक जितेको छ । बेलायतले १२ स्वर्ण, १७ रजत, र २० कास्यसहित कुल ४९ पदक जित्दै पाँचौं स्थानमा रहेको छ ।

छैटौँ स्थानमा दक्षिण कोरियाले १२ स्वर्ण, आठ रजत, र सात कास्यसहित कुल २७ पदक जितेको छ। जापान १२ स्वर्ण, छ रजत, र १३ कास्यसहित ३१ पदक जित्दै सातौँ स्थानमा रहेको छ ।

आठौँ स्थानमा रहेको इटालीले नौ स्वर्ण, १० रजत, र आठ कास्यसहित कुल २७ पदक जितेको छ भने नेदरल्यान्ड्स नौ स्वर्ण, पाँच रजत, र छ कास्यसहित कुल २० पदक जित्दै नवौँ स्थानमा छ । जर्मनी आठ स्वर्ण, पाँच रजत, र पाँच कास्यसहित कुल १८ पदक जितेर शीर्ष दशमा अन्तिम स्थानमा छ ।