मुम्बई(एजेन्सी) । साउथ अभिनेता नागा चैतन्य र मोडल शोभित धुलिपाला आफ्नो व्यावसायिक जीवनभन्दा बढी निजी जीवनका कारण चर्चामा छन् । यो जोडी निकै लामो समयदेखि डेटमा छन् । तर दुवैले अहिलेसम्म यसको आधिकारिक पुष्टि गरिसकेका छैनन् ।

यो जोडी हालसम्म लुकीछिपी यात्रामा निस्कन्छन् र अहिलेसम्म सँगै बसेको कुनै पनि तस्वीर बाहिर ल्याएका छैनन् । अब यो जोडीले आफ्नो प्रेम सम्बन्धलाई पूर्णता दिँदै विवाह गर्ने निर्णय लिएका छन् । उनीहरुले आज इन्गेजमेन्ट गर्दैछन् । इन्गेजमेन्टसँगै उनीहरुको विवाहको मिति फाइनल हुने बताइएको छ ।

सामन्था रुथ प्रभु र नागा चैतन्य तीन वर्ष अघि अलगिएका थिए । सामन्थासँग अलग्गिएपछि नागा शोभितासँग डेटमा थिए ।

नागा र शोभिताको इन्गेजमेन्ट नागाको घरमा नै हुनेछ । नागाका पिता नागार्जुनले छोराको विवाहको मिती सार्वजनिक गर्ने योजनामा छन् । उनले नै इन्गेजमेन्टको तस्वीर शेयर गर्नेछन् ।

नागाको पहिलो विवाह सामन्थासँग भएको थियो । यो जोडीले सन् २०१७ मा विवाह गरेका थिए । उनीहरुको विवाहको तस्वीर सामाजिक सञ्जालमा निकै भाइरल भएको थियो ।