काठमाडौं- नेपालमा जारी काभा महिला भलिबल नेसन्स लिगको तेस्रो स्थान इरानले हासिल गरेको छ । इरानले बुधबार भएको तेस्रो स्थानको खेलमा दक्षिण एसियाली मुलुक श्रीलंकालाई ३–० को सोझो सेटमा हराउँदै तेस्रो स्थान हासिल गरेको हो । 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) परिसरमा रहेको कभर्ड हलमा भएको खेलमा इरानले पहिलो सेट २५–२२ ले जितेको थियो । दोस्रो सेटमा श्रीलंकाले बलियो चुनौती प्रस्तुत गरे पनि जित निकाल्न भने सकेन । इरानले दोस्रो सेट २८–२६ ले जितेको हो । तेस्रो सेटमा २५–१७ को सहज जित निकालेपछि इरानले प्रतियोगिताको तेस्रो स्थान पक्का गरेको हो । 

OM Sai Pathibhara Hospital

प्रतियोगिताको सेमिफाइनलमा इरानलाई नेपालले हराएको थियो । मंगलबार भएको उक्त खेलमा नेपालले इरानलाई ३–० को सोझो सेटमा हराएको हो । यस्तै, श्रीलंका भने भारतसँग ३–० कै सोझो सेटमा पराजित भएको थियो ।