लण्डन(एजेन्सी) । दक्षिण अफ्रिकाकी प्रख्यात अभिनेत्री कोनी चिउमेको ७२ वर्षको उमेरमा निधन भएको छ । उनले मार्बलको प्रख्यात फिल्म ‘ब्ल्याक प्यान्थर’मा अभिनय गरेकी थिइन् ।

धेरै अवार्ड जितेकी उनले दक्षिण अफ्रिकन टेलिभिजन शो ‘रिदम सिटी’, ‘जोन १४’ र पछिल्लो ‘गोमोरा’मा अभिनय गरेकी थिइन् ।

OM Sai Pathibhara Hospital

परिवारका अनुसार उनको निधन जोहान्सबर्ग अस्पतालमा मंगलबार दिउँसो भएको थियो । ‘अन्तर्राष्ट्रिय स्टरमा चर्चित अवार्ड विजेता अभिनेत्री कोनी चिउमेको निधन भएकोमा चिउमे परिवार दुःख व्यक्त गर्दछ’, परिवारले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

उनका छोरा ननगेलो चिउमेले सञ्चारमाध्यमसँग नियमित स्वास्थ्य परीक्षणका क्रममा अस्पतालमा भर्ना हुँदा निधन भएको जनाएका छन् ।

सन् १९८९ मा दक्षिण अफ्रिकन टेलिभिजन सिरिज ‘इनकम’ इड्ला योड्वा’मा अभिनय गरेपछि उनी अभिनेत्रीका रुपमा स्थापित भएकी थिइन् ।

फिल्म ‘ब्ल्याक प्यान्थर’मा उनले जावाभारी नामको भूमिकामा अभिनय गरेकी थिइन् । उनले बियोन्स डिस्नेको म्युजिकल फिल्म ‘द लायन किङ’मा सिम्बाको आमा साराबीको भूमिका निभाएकी थिइन् ।

उनका पछिल्लो फिल्म ‘हर्ट अफ द हन्टर’ हो । जुन यसै वर्षको सुरुवातमा रिलिज भएको थियो । उनको दुई छोरा र दुई छोरी छन् ।