ढाका(एजेन्सी) । बंगलादेशमा भएको हिंसामा बंगलादेशका फिल्म निर्माता सलीम खान र उनका छोरा शान्तो खानको हत्या भएको छ । सलीम एक निर्मातासँगै बंगलादेशको चान्दपुर उपजिल्लामा लक्ष्मीपुर मोडल युनियन परिषदका अध्यक्ष पनि थिए ।

समाचारअनुसार गत सोमबार सलीम र शान्तो आफ्नो घरबाट भाग्ने कोशिस गरिरहेका थिए । त्यही बेला बलिया युनियनका फरक्काबाद बजारमा आक्रोशित भीड उनीहरुको अगाडि आइपुगेका थिए । उनीहरुले आफूलाई बचाउन पेस्तोलको प्रयोग गरे पनि अर्को स्थानमा अर्को भीडमा उनीहरु परे । त्यही भीडले उनीहरुलाई कुटेर हत्या गरिएको थियो ।

OM Sai Pathibhara Hospital

सलीम भारतको बंगाली फिल्म उद्योग टलिउडसँग जोडिएका थिए । उनले टलिउडमा ठूलो फिल्म स्टारमध्ये एक देवका साथ ‘कमाण्डो’ बनाएका थिए । जुन फिल्म रिलिज भएको छैन ।

टलिउडमा सलीमले करिब १० फिल्मको प्रोडक्सन अलग अलग चरणमा थिए र ती फिल्ममा कैयौं टलिउड स्टार काम गरिरहेका थिए । सलीमले बंगलादेशी फिल्म ‘टुंगिपुरार मिया भाइ’ निर्देशन गरेका थिए । जुन फिल्म बंगलादेशका पहिलो राष्ट्रपति शेख मुजीबुर रहमानको जीवनसँग जोडिएको थियो ।