काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली आज हुने सेन्ट्रल एसियन भलिबल एशोसिएशन (काभा) महिला नेसन्स भलिबल प्रतियोगिताको फाइनल खेल हेर्न पुग्ने भएका छन्। 

नेपाल र भारतबीच हुने यस रोमाञ्चक फाइनल खेलको समापनमा प्रधानमन्त्री ओलीको उपस्थिति रहने सचिवालयले जनाएको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा साँझ ५ बजेबाट सुरु हुने यस खेलमा नेपाली टोलीले घरेलु मैदानको फाइदा उठाउँदै उपाधि जित्ने लक्ष्य राखेको छ। 

OM Sai Pathibhara Hospital

सेमिफाइनलमा इरानलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको नेपाली टोलीले लिग चरणमा भारतलाई नै ३–२ ले पराजित गरिसकेको छ। यस पटक पनि नेपाली टोलीले भारतलाई हराएर उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रनेछ। तर, भारतले पनि लिग चरणमा भएको हारको बदला लिने मनसायका साथ खेल खेल्ने निश्चित छ।