मुम्बई(एजेन्सी) । बलिउड अभिनेता सलमान खानमाथि लगातार ज्यानको खतरा बन्दै गएको छ । विश्नोई ग्याङले उनलाई कैयौं पटक ज्यानको धम्की दिइसकेका छन् । यही कारण उनको सुरक्षा व्यवस्था पनि कडा पारिएको छ । 

गत वर्ष विश्नोई ग्याङले सलमानको पनवेल फार्म हाउसमा सलमानको हत्याका लागि योजना बनाएका थिए । यो योजनाको खुलासा स्वयं लोरेन्स विश्नोईले गरेका थिए । यसै वर्षको अप्रिलमा बाईकमा आएका दुई व्यक्तिले सलमानको घर बाहिर ५ राउण्ड हवाई फायर गरेका थिए । यो मामलामा प्रहरीले दुई व्यक्तिलाई पक्राउ गरेको थियो । यसै मामलामा आरोपी विक्कीकुमार गुप्ताले घटनासँग सम्बन्धित नयाँ रहस्यको खुलासा गरेका छन् ।

OM Sai Pathibhara Hospital

हाल जेलमा रहेका विक्कीले यो घटनामा बिश्नोईको कुनै लेनादेना नरहेको दाबी गरेका छन् । उनले आफू विश्नोईलाई आदर्श मान्ने भएकाले आफूले जानेर बुझेर नै सलमानको घरमा फायरिङ गरेको जनाएका छन् । विक्कीले महाराष्ट्र संगठित अपराध नियन्त्रण अधिनियम अनुसार गठित स्पेशल कार्टमा विक्कीले आफू आर्थिक संकटमा परेको र त्यहीकारण घटना घटाएको खुलाएका हुन् ।

विक्कीले जमानतको लागि दिएको निवेदनको दौरान भएको सुनुवाईका समयमा यो बयान दिएका हुन् । विश्नोई समूह कालो हिरण शिकार मामलामा सलमान खानसँग रिसाएको छ । त्यही कारण उसले सलमानलाई ज्यानको धम्की निरन्तर दिइरहेको छ । उसले सलमानलाई माफी माग्न या सजाय भोग्न तयार रहन पटक पटक भन्दै आएको छ ।