काठमाडौं । अभिनेता तथा निर्माता दीपकराज गिरी सामाजिक सञ्जालमा व्यंग्यात्मक स्टाटस लेख्न खप्पिस छन् । सामाजिक, राजनीतिक, आर्थिक, सांस्कृतिकलगायत जुनसुकै विधासँग जोडिएका विषयलाई उनी व्यंग्यात्मक ढंगले स्टाटस मार्फत आफ्नो धारणा सार्वजनिक गर्छन् । 

आज मंगलबारको शेयर बजार घटेको छ । नेप्से परिसूचक एक सय ४५ दशमलब शुन्य पाँच अंकले ओरालो लागेर दुई हजार ६ सय ५१ मा सीमित भएको छ । सायदै त दीपक पनि शेयर बजारमा चासो राख्ने भएकोले होला उनले शेयर बजारलाई श्रीमतिसँग तुलना गर्दै स्टाटस लेखेका छन् ।

OM Sai Pathibhara Hospital

उनले लेखेका छन्, ‘नेपाली शेयर बजार र श्रीमतिको मुड ठ्याक्कै उस्तै । कसैले छिस्स केही भनिदियो कि बिग्रिहाल्ने ।’ दीपकको यो स्टाटस मानिसको जीवनमा कति लागु भएको छ या छैन, त्यो उनीहरु नै जानुन् । तर धेरैका लागि उनको यो स्टाटसले पक्कै चित्त बुझेको हुनुपर्छ ।