लसएनजल्स(एजेन्सी) । लामो समयदेखि चलिरहेको जेनिफर लोपेज र बेन एप्लेकको सम्बन्धविच्छेदको हल्ला अब वास्तविकतामा बदलिँदैछ । दुवै चाँडै आधिकारिक रुपमा अलग्गिँदैछन् । उनीहरुको सम्बन्धविच्छेद निकै अगाडि भइसक्थ्यो, तर गायिका जेनिफरको केही निजी कारणले यसमा ढिलाई भएको हो ।

जेनिफरलाई उनलाई अभिनेता बेनले अपमान गरेको र आफूलाई अर्को लज्जास्पद अवस्थाबाट बचाउनका लागि उनी सम्बन्धविच्छेदबाट टाढिदै गएको लाग्न थालेको छ । जेनिफर र बेनले एकै वर्षको दुई महिनामा दुई–दुई पटक विवाह गरेका छन् । जेनिफरले पहिलो विवाह सन् २०२२ को जुलाईमा लस भेगासमा गरेकी थिइन् । त्यसपछि दोस्रो विवाह जर्जियामा सन् २०२२ को अगष्टमा भएको थियो ।

OM Sai Pathibhara Hospital

जेनिफर र बेनले सन् २००२ देखि २००४ सम्म डेट गरेका थिए । लोपेज बेनसँग अलग्गिनु पर्दा चिन्तित छिन् । बेनले आफैं जेनिफरसँग मिल्नका लागि प्रयास गरेका थिए ।

बेनले यसअघि जेनिफर गार्नरसँग विवाह गरेका थिए । उनी तीन सन्तानका पिता हुन् । यता जेनिफरले बेनअघि तीन पटक विवाह गरिसकेकी छन् । उनको दुई जुम्ल्याहा म्याक्स र एम्मे छन् । बेन र जेनिफरको कुनै सन्तान छैनन् । त्यहीकारण पनि उनीहरु अलग्गिने निर्णय लिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।