काठमाडौं–सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । लगातार उकालो लागिरहेको सुनको मूल्य आजको वृद्धिपछि हालसम्मकै उच्च बिन्दुमा पुगेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुनको मूल्य प्रतितोला रु १,५०,००० कायम गरिएको छ । आइतबार छापावाला सुनको मूल्य प्रतितोला रु १,४९,७०० मा कारोबार भएको थियो, र सोमबार यो मूल्य रु ३०० ले वृद्धि भएको हो । 

OM Sai Pathibhara Hospital

त्यस्तै, तेजाबी सुनको मूल्य पनि प्रतितोला रु ३०० ले वृद्धि भएको छ । आइतबारको प्रतितोला रु १,४९,२०० रहेको तेजाबी सुन आज रु १,४९,५०० मा कारोबार भइरहेको छ । 

चाँदीको मूल्य भने स्थिर रहेको छ, जसको मूल्य प्रतितोला रु १,७८५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।