काठमाडौं–जारी पेरिस ओलम्पिकमा अमेरिकाले पदक तालिकामा चीनलाई पछि पारेको छ ।

पदक तालिकामा अमेरिका शीर्ष स्थानमा रहँदा चीन दोस्रो स्थानमा छ । अमेरिकाले १९ स्वर्ण, २६ रजत र २६ कास्य गरी कुल ७१ पदक जितेको छ । यस्तै चीनले १९ स्वर्ण, १५ रजत र ११ कास्यसहित ४५ पदक हात पारेको छ ।

OM Sai Pathibhara Hospital

फ्रान्स ४४ पदकका साथ तेस्रो स्थानमा छ । अष्ट्रेलिया ३१ पदकसहित चौथो, बेलायत ३७ पदकसहित पाँचौ स्थानमा छ । दक्षिण कोरिया २४, जापान २४, इटाली २२, नेदरल्याण्ड्स १५ र जर्मनी १२ पदकका साथ क्रमश: छैटौँदेखि दशौँ स्थानमा रहेका छन् ।


Paris