मुम्बई(एजेन्सी) । बलिउड अभिनेता आमिर खानका हालका दिनमा अभिनय र मूलधारको कामबाट टाढिएर शान्तिपूर्वक जीवन बिताइरहेका छन् । यही बीचमा उनका छोरा जुनैद खानले बलिउडमा ‘डेब्यू’ गरिसकेका छन् । उनले जयदीप अहलावतका साथ फिल्म ‘महाराज’बाट बलिउडमा ‘डेब्यू’ गरेका हुन् । 

हालैमात्र जुनैदले आफ्नो फिल्म प्रमोसनको दौरान पिता आमिरले बलिउडबाट सन्यास लिने योजना बनाएको खुलासा गरेका छन् । उनले पिता आमिर अवकाशको चरणमा रहेको र उनको आमिर खान प्रोडक्सनको जिम्मेवारी आफूलाई दिएको खुलाएका हुन् ।

OM Sai Pathibhara Hospital

‘मैले कैयौं फिल्ममा क्यामराको पछाडि रहेर काम गरेको छु । मैले ‘पीके’को सेटमा क्यामराको पछाडि रहेर काम गरें । यसका अलावा विज्ञापनको सुटिङमा पनि त्यसरी नै काम गरेको छु’, उनले भनेका छन्, ‘महाराजको सुटिङ पुरा गरेपछि म आमिर खान प्रोडक्सनमा एक फिल्मको काम गरिरहेको थिएँ । आमा किरण राव फिल्म ‘लापता लेडिज’ बनाइरहनुभएको थियो । त्यही बेला पिता आमिरले ‘म अवकास लिँदैछु । तिमी किन यो प्रोडक्सन हाउस सम्हाल्दैनौं ? । बुवाले यति भनेपछि मैले प्रोडक्सनको कमाण्ड सम्हालें ।’