मुम्बई(एजेन्सी) । ‘बिग बोस ओटीटी ३’ ले सामाजिक सञ्जालमा पाइला राखेको धेरै समय भएको छैन । शनिबार बिहान मात्र ‘बिग बोस ओटीटी ३’को फिनाले भएको थियो । यो शोको यसपटकको उपाधि सना मकबूलले जितेकी छन् ।

शोका होस्ट अनिल कपूरले फिनालेमा पुगेका अन्तिम प्रतिष्पर्धी कृतिका मलिक, सई केतन राव, सना मकबूल, रणवीर शौरी र नेजीमाझ सनाको नाम घोषणा गरेका हुन् । 

OM Sai Pathibhara Hospital

उपाधि जितेपछि सनाले रोएर फ्यानलाई धन्यवाद दिएकी छन् । उनी विजेता घोषणा हुनासाथ सामाजिक सञ्जालमा बधाई दिने फ्यानहरुको भीड लागेको छ ।

अधिकांशले शोको विजेता रणवीर या साई हुनुपर्ने अनुमान लगाएका थिए । तर यी अनुमानलाई फेल खुवाउँदै सनाले उपाधि उचालिन् ।