पेरिस(एजेन्सी) । फ्रान्सको पेरिसमा भइरहेको पेरिस ओलम्पिक यही अगष्ट ११ मा समापन हुँदैछ । समापनमा हलिउड स्टार टम क्रुज पनि सहभागी हुँदैछन् । सन् २०२८ को ओलम्पिक अमेरिकाको लसएन्जल्समा हुँदैछ । त्यसकारण पेरिस ओलम्पिक २०२४ को ओलम्पिक ध्वजा हस्तान्तरणको यो विशेष कार्यक्रममा टमले एक ‘मेजर स्टन्ट’ पनि दिँदैछन् ।

टम ‘मिसन इम्पोसिबल’ सिरिज, ‘टप गन’ र ‘एज अफ टुमारो’ जस्ता हलिउड फिल्मका लागि विश्व प्रख्यात छन् ।

OM Sai Pathibhara Hospital

टमले ओलम्पिक समापनमा ‘मिसन इम्पोसिबल’का केही स्टन्ट देखाउनेछन् । यी अभिनेता स्टेट डी फ्रान्स स्टेडियम माथिबाट ओलम्पिक झण्डा लिएर आउनेछन् र लसएन्जल्स ओलम्पिक २०२८ आयोजकलाई झण्डा हस्तान्तरण गर्नेछन् ।

टम डेयर डेविल स्टन्टका लागि परिचित छन् । यहीकारण उनको यो स्टन्टका लागि गोप्य रुपमा भिडियो पनि खिचिएको छ ।