FB_IMG_1712697028167

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

OM Sai Pathibhara Hospital

आयआर्जन बढ्नेछ। जमिन सम्बन्धी लेनदेनमा अगाडी बढ्दा राम्रो छ। व्यापार व्यवसायमा उन्नति हुनेछ। खर्च बढ्ने योग छ। अप्ठेरो परिस्थितिमा तपाईंको पक्षमा न्याय प्राप्त हुनेछ। एकल लगानी नगर्नु राम्रो हुन्छ। साझेदारीमा लगानी गरेको भए व्यापारमा फाइदा हुनेछ। परिवारसँगको सम्बन्धमा खटपटी बढ्ने जोखिम छ।

 

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

दिन सामान्य छ। शिक्षामा गरेको श्रमलगानीबाट फाइदा हुनेछ। प्रेममा सफलता मिल्नेछ।तपाईंको प्रतिभा प्रदर्शन गर्ने दिन छ। बन्धुसँगको सहकार्यले फाइदा होला। लगानीका स्रोतमध्ये व्यापारमा नाफा हुनेछ। परिवारको न्यानो मायामा रमाउने योग छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

झुठा आरोप लाग्नसक्छ। आफूले गरेको काममा भने सन्तोष मिल्नेछ। काम गर्दा विवेक पुर्याउनुपर्ने देखिन्छ।बौद्धिक व्यक्तिसँगको भेटले मनमा उत्साह भरिने छ। धार्मिक कार्यमा सहभागी हुनाले संस्कार बुझ्ने मौका मिल्नेछ। व्यापारमा लाभ हुनेछ। परिवारसँगको छलफलमा गरेको काम सफल हुने योग छ। प्रेम सम्बन्ध सफल बन्नेछ।

 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

नसोचेको सम्पत्ति आम्दानी हुनेछ। शत्रु पराजित हुनेछन्। पुरानो रोगबाट मुक्ति मिल्नेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट उन्नति हुनेछ।तपाईंको क्षमता अनुसार हरेक काम बन्नेछ। साथीको माया र सद्भाव रहने योग छ। पश्चिमको लामो यात्रामा नजानु राम्रो हुन्छ। वैदेशिक क्षेत्रमा ठग सक्रिय भएकाले लगानी गर्नु अगाडि सचेत बन्नुपर्नेछ। परिवारमा भने खटपटी बढ्ने जोखिम देखिन्छ।


सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

रोगबाट मुक्ति मिल्नेछ। साथीभाइबाट सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। राजनीतिमा संगठन बलियो बन्नेछ।कर्म बलियो छ। अचानक नसोचेको अवसर प्राप्त हुनेछ। प्राविधिक शिक्षामा फाइदा हुने देखिन्छ। नाक र घाँटीमा हुने समस्याबाट सचेत बन्नु राम्रो हुनेछ। श्रम गरेको ठाउँमा तपाईंको कामको प्रशंसा हुनेछ।

 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

रोगको प्रकोप बढ्नेछ। खर्च पनि धेरै हुनेछ। प्रतिस्पर्धी सक्रिय छन्। अरु क्षेत्र सामान्य रहेपनि दाम्पत्य जीवन धेरै राम्रो छ।आफन्तबाट साथ र सहयोग मिल्नेछ। राजनीतिक क्षेत्रमा सेवाको अवसर प्राप्त हुनेछ। निर्णय क्षमता कमजोर हुँदा विवाद हुने जोखिम देखिन्छ। संकटमा परिवारको साथ र सहयोग राम्रो प्राप्त हुनेछ।

 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

शिक्षाको क्षेत्रमा मानसम्मान बढ्नेछ। प्रेममा सफलता मिल्नेछ।बोलीको माध्यमबाट धेरैको परोपकार गर्नुपर्ने हुनसक्छ। शिक्षा क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यमा लाभ होला। धार्मिक र सामाजिक सेवाको अवसर प्राप्त हुनेछ। पारिवारिक क्षेत्रमा भने बौद्धिक विवाद बढ्नेछ।

 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

धार्मिक क्षेत्रमा मन जानेछ। सहयोग गर्नेहरु बढ्नेछन्। खुसी मिल्नेछ। इष्टमित्रसँगको सम्बन्ध सुधार हुनेछ।दिन सामान्य छ। खर्च बढ्ने योग छ। व्यापारमा मन्दी आउने छ। परिवारमा विचार नमिल्ने देखिन्छ। शिक्षाको लगानीबाट भने फाइदा होला। धार्मिक कार्यमा संलग्न भए दिन शान्त बन्नेछ।


धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

खर्च बढ्नेछ। दाम्पत्य जीवन सुमधुर हुनेछ। व्यापार व्यावसायमा ठूलो लगानी नगर्नुहोला।राज्यको तर्फबाट डर र त्रास बढ्नसक्छ। गोपनीयता नखोल्नु राम्रो हुनेछ। लगानीका क्षेत्रमा आम्दानी राम्रो हुनेछ। धन आर्जनको समय छ। व्यापार र शिक्षामा लगानी गरेको भए नाफा हुनेछ।सामाजिक क्षेत्रमा विवाद बढ्ने भएकाले सहभागी नहुनु राम्रो हुनेछ।

 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

दिन राम्रो छ। रोकिएका कामहरु बन्नेछन्। साथीभाइको सहयोग मिल्नेछ। दाम्पत्य जीवन सफल रहनेछ।कला प्रदर्शन गर्ने दिन छ। परोपकारमा मन जानेछ। राजनीतिमा झुकाव बढ्नेछ। सामाजिक सेवाको मौका मिल्नेछ। पारिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। धन खर्च गर्ने कुरामा कटौती गर्नुपर्ने देखिन्छ।


कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

बोलीमा मिठास बढ्नेछ। मातापिताको सम्झना गर्दा काममा सफलता मिल्नेछ। बन्धुबाट सहयोग मिल्नेछ।हरेक ठाउँबाट ठक्कर र अवरोध देखिने छन्। आफन्तले नै तपाईंको कुरा काट्नेछन्। शनि शान्ति गर्नु राम्रो हुन्छ। शिवको भजन मात्र सुनेमा दिन सहज बन्ने देखिन्छ। परिवारबाट शान्ति मिल्नेछ।

 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

काममा फाइदा मिल्नेछ। आर्थिक लाभ मिल्नेछ। धार्मिक क्षेत्रमा मन जानेछ।अवसर धेरै छन्। स्वास्थ्यमा सुधार हुनेछ। सामाजिक क्षेत्रमा प्रशंसा हुने योग छ। निर्णय क्षमता कमजोर हुँदा पश्चाताप गर्नुपर्ने हुनसक्छ। संकटमा परिवारको साथ मिल्नेछ।