काठमाडौं–सुनको मूल्य हालसम्मकै वृद्धि देखिएको छ । शुक्रबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला एक लाख ४९ हजार नौ सय पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार यही साउन २ गते सुनको मूल्य प्रतितोला रु एक लाख ४९ हजार आठ सय बराबर पुगेको थियो । यस आधारमा साउन २ गतेको तुलनामा आज रु एक सयले वृद्धि भएको हो । बिहीबार भने प्रतितोला रु एक लाख ४९ हजार चार सयमा कारोबार भएको थियो ।

OM Sai Pathibhara Hospital

त्यस्तै, चाँदीको मूल्य बिहीबार प्रतितोला रु एक हजार सात सय ५० मा कारोबार भएकामा आजका लागि भने रु एक हजार सात सय ९५ निर्धारण भएको छ ।