काठमाडौं–हिजो सामान्य गिरावट देखिएपनि आज सुनको मूल्य बढेको छ । नेपालमा आज सुन प्रतितोला १ हजार ८  सय  रुपैयाँ बढेर कारोबार हुँदैछ । नेपाल सुन चाँदी व्यवसायी महासंघले सुन प्रतितोला १ लाख ४७ हजार ८ सय  रुपैयाँ पुगेको जानकारी दिएको छ । सोमबारको तुलनामा मंगलबार सुन १०० ले घटेर कारोबार भएको थियो । 

हिजो छापावाला सुन प्रतितोला १ लाख ४६ हजार रुपैयाँ थियो । हिजो प्रतितोला १ लाख ४५ हजार ३०० मा कारोबार भएको  तेजाबी सुन आज प्रतितोला १ लाख ४७ हजार १०० रुपैयाँ पुगेको छ । आज चाँदी ४० रुपैयाँ बढेर तोलामा १ हजार ७८० रुपैयाँमा कारोबार भइरहेको छ ।